Aadarsh-Daily

सप्तरीमा पाँच दलितको मृत्यु, अनुगमनका लागि मधेशी आयोगले टोली खटाउने

ad-4p

वीरगञ्ज, ३ पुष । सप्तरीको कञ्चनपुर नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरूको मृत्यु भएपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

content ad p2
content left

उपचारकै अभावमा उनीहरूको मृत्यु भएको घटनाबारे अनुगमनका लागि आयोगले एक अनुगमन टोली पठाउने निर्णय गरेको छ ।

आयोगकी उपसचिव सबिता डङ्गोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाहरूको अल्पकालीन र दीर्घकालीन समाधानको लागि विभिन्न समयमा सिफारिस र ध्यानाकर्षण गराएपनि सरकारको बेवास्ताले गर्दा घटनाहरू दोहोरिने गरेको बताए ।

आयोगले पीडित परिवारलाई सहयोग गर्न र बिरामीहरूलाई यथोचित स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily