Aadarsh-Daily

कांग्रेस संसदीय दलको नेता चुन्न तीन सदस्यीय समिति गठन

ad-4p

वीरगञ्ज, ३ पुष ।  नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनाव गर्नका लागि समिति गठन गरेको छ ।

content ad p2
content left

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सह-महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । कार्यसम्पादन समितिकाे बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरूकाे उपस्थिती रहेको थियो ।
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अग्रसरता देखाएका छन् ।

समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति ताक्ने छ ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily