Aadarsh-Daily

डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाखसहित पक्राउ

ad-4p

वीरगञ्ज, ११ पुष । एक व्यापारीको सुन लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् ।

content ad p2

अवैध कारोबार गरेको आशंकामा प्रहरीको टोलीको पक्राउ गरेको हो ।

content left

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट गएको टोलीले आइतबार साँझ डिएसपी केसीलाई निवासबाटै पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा रहेको अवस्थामा उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ।

 

सम्बन्धित खबर

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily

देउवा समूहको सन्देश: सम्मानजनक व्यवहार नभए बाटो फेरिन्छ

Aadarsh Daily