Aadarsh-Daily

 सुनिल सेट्टीले १२८ नेपाली महिलाको उद्धार गरी हवाई टिकट काटिदिएर नेपाल फर्काए

ad-4p

फिल्मको पर्दामा सुनिल सेट्टीले गुण्डासँग लडेका छन् र मानिसलाई उनीहरूको आवश्यकताको समयमा मद्दत गरेका छन् । तर के तपाईंलाई थाहा छ उनी वास्तविक जीवनमा पनि उद्धारकर्ता थिए ?

content ad p2

यी बलिउड अभिनेताले नेपालका सयभन्दा बढी महिलालाई मानव बेचबिखनबाट बचाएका छन् । सुनिलले प्रहरी, सामाजिक कार्यकर्ता र आफ्नी सासूको सहयोगमा भारतमा बेचिएका ती महिलालाई नेपाल फर्काउन विमान टिकटको व्यवस्था गरे ।

वाइसको एक भिडियोमा मानव बेचबिखनविरुद्ध कार्य गर्ने सामाजिक संस्था शक्ति समूहकी संस्थापक चरीमाया तामाङले सन् १९९६ मा नेपालको गाउँबाट बेचबिखन गरिएका युवतीलाई ‘भारतीय नायक’ सुनिल सेट्टीको सहयोगमा कसरी उद्धार गरियो भन्ने कुरा बताएकी छन् ।

भिडियोमा उनले भनेकी छन्, ‘५ फेब्रुअरी १९९६ मा कमाठीपुराको पूरै वे’श्यालय क्षेत्रमा प्रहरी र समाजसेवीले घेरा हालेका थिए । तिनीहरूले हामीलाई त्यहाँबाट निकाले र उद्धार गरियो । उद्धारपछि हाम्रो सरकारले हामीलाई फिर्ता ल्याउन मानेन । तिनीहरूले भने कि हामीसँग हाम्रो जन्म प्रमाणपत्र वा नागरिकता कार्ड छैन ।’

content left

उनले भनिन्, ‘त्यतिबेला फिल्मका नायक सुनिल सेट्टीले हामीलाई साथ दिनुभयो । उद्धार गरिएका १२८ महिलाका लागि उनले काठमाडौं जान विमान टिकटको व्यवस्था गरे ।’

उक्त घटनालाई सम्झँदै सेट्टीले यस्ता विषयवस्तुमा फिल्म बनाउन सकिने बताएका थिए । उनले १२८ जना महिलालाई नेपाल फर्काउन निकै मिहिनेत गरेको समेत बताएका थिए ।

उनले बलिउड हंगामासँग भने, ‘हामीले उडान टिकटको मूल्यबारे सोचेका थिएनौं । लागत त्यति महत्वपूर्ण थिएन । त्यो परिश्रमको हिसाब थियो । मेरी सासूले सेभ द चिल्ड्रेन एनजीओ सुरु गर्नुभयो, जुन आज पनि सक्रिय छ । यसमा हामी सबैको आवद्धता छ । प्रेरणा उनीबाट आउँछ ।

उनी नै थिइन् जसले केटीहरूलाई बचाउने र माफियाको नराम्रो किताबमा पर्ने जोखिम उठाउने निर्णय गरिन् । सुनिलले मुम्बई पुलिस र नरेश गोयलको जेट एयरवेजको सहयोगमा उनीहरुलाई फर्काउन भूमिका खेले ।

‘हेराफेरी’ अभिनेता सेट्टीले आफूले उद्धार गरेका महिलाले आफ्नो नाम सम्झिएको बताए । ‘किनकि म एक अभिनेता हुँ,’ उनले भने, ‘तर धेरै मानिसले कडा परिश्रम गरे । पैसाभन्दा बढी, हामी सबैले यी महिलालाई मद्दत गर्न र माफियाबाट मुक्त गर्न चाहन्थ्यौं ।’ इण्डियन एक्सप्रेसबाट

 

 

सम्बन्धित खबर

आज भारतमा ७७ औं गणतन्त्र दिवसः भव्य सैन्य परेड र सांस्कृतिक कार्यक्रम आयोजना

Aadarsh Daily

पाकिस्तानी गुप्तचरसँग सम्बन्ध राखेको आरोपमा भारतीय सेवानिवृत्त अधिकारी पक्राउ

Aadarsh Daily

विश्वविद्यालयमा गोलीकाण्ड, दुईको मृत्यु, नौ घाइते

Aadarsh Daily