Aadarsh-Daily

सुपारी, छोकडा र पोस्तादानाको अवैध व्यापारमा वीरगञ्ज र रक्सौलका व्यापारी संलग्न

ad-4p

वीरगञ्ज । वीरगञ्ज स्थित सुक्खा बन्दरगाहमा बेवारीसे अवस्थामा ५ बर्षदेखि रहेका कन्टेनरमा आयातका लागि प्रतिवन्धित सामान फेला परेको भंसार विभागले जनाएको छ । लामो समयदेखि वीरगञ्ज सुख्खा बन्दरगाहामा थन्कीएर रहेका कन्टेनर दावी गर्न विभागले सूचना निकाले पछि कसैले पनि सम्पर्क गर्न नआएकोले विभिन्न निकायका प्रतिनिधिको रोहवरमा कन्टेनर खोलिएको वीरगञ्ज भंसारका सूचना अधिकारी सुशिल शर्माले बताए । भंसार विभागबाट आएको टोलीले केही दिन देखि सुख्खा बन्दरगाहामा अप्रेसन अभियान चलाउँदा आयात प्रतिबन्धित र कम मूल्यांकन गरेर भित्र्याइएका वस्तुहरू फेला पारेको छ । वीरगन्ज सुक्खा बन्दरगाहको यार्ड र गोदाममा आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै नाममा भित्र्याएर लुकाइएका शंकास्पद वस्तुहरू रहेको सूचनापछि विभागले ‘सर्च अभियान’ तीव्र पारेको थियो ।

content ad p2

विभागले पहिलो चरणमा भन्सार गोदाम र यार्डमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका वस्तु रहेका करिब ३८० कन्टेनर खोलेर चेकजाँच सुरु गरेको हो । सर्च अभियानको नेतृत्व विभागका शाखा अधिकृत मधु खनालले गरेका छन । हालसम्म करिव २ सय कन्टेनर चेकजाँच गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए । चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिबन्धित र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराउ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी,े दाल, जनावरका सिङलगायत फेला परेको विभागले जनाएको छ । चेकजाँच गरिएका अधिकांश कन्टेनरमा अवैध रूपमा भित्र्याइएका मालवस्तु फेला परेका छन ।

वीरगञ्ज भंसार कार्यालयका अनुसार अधिकांश सामान कोभिडको समयमा सुख्खा बन्दरगाहामा ल्याइएको हो । कोभिडको समयमा तस्करहरुले सेटिङमा मालसामान पास गर्न आयात प्रतिवन्धित सामान ल्याइएको हुनसक्ने अनुसन्धानमा खटिएका अधिकारीको भनाई छ । कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी सामान आयात गर्ने व्यापारी वा आयातकर्ता कोभिडमा मृत्यु भएकोले उनीहरुले सामान भंसार पास हुन नसक्दा अलपत्र परको हुन सक्ने भंसार स्रोतले जनाएको छ ।

तस्करीमा ओली सरकारको कनेक्सन ?

content left

विगतदेखि नै तस्करहरूले बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनी भन्सारबाट छुटाउने गरेका थिए । यसमा सरकारमा नेतृत्व गरेका मन्त्रीहरुको समेत संलग्नता रहने गरेको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा ठूलो मात्रामा भंसार सेटिङमा मालसामान तस्करी हुने गरेको रहस्य खुलेको छ । कोभिडको समयमा वीरगञ्ज भंसार नाका भएर अवैध रुपमा मालसामानको तस्करी हुने गरेको थियो । पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेपछि भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई भन्सार कार्यालयबाट जाँचपास हुने हरेक मालवस्तुको निगरानी गर्ने र शंकास्पद देखिएमा विभागबाटै टोली खटाई पुनः भौतिक परीक्षण गर्न थालेको छ । जसकारण एउटा वस्तुलाई अर्कै भनी घोषणा गर्ने प्रवृत्तिमा नियन्त्रण आएको भंसार विभागले जनाएको छ । अवैधानिक रूपमा भित्र्याइएका मालवस्तुको भन्सार घोषणा नगरी गोदाम–यार्डमा लुकाएर राख्ने र भन्सारमा कमजोर नेतृत्व भएको बखत सेटिङमा भन्सार छुटाउने गरेको स्रोतको भनाइ छ । विभागले शंकास्पद कन्टेनर सर्च गरेर अवैधानिक मालवस्तु ल्याउने पैठारीकर्ताको पहिचान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्ने अभियान चलाएको छ ।

तस्करीमा वीरगञ्ज र रक्सौलका व्यापारीको संलग्नता

आयात प्रतिवन्धित बस्तुको तस्करीमा रक्सौल र वीरगञ्जका व्यापारीको संलग्नता रहको बुझिएको छ । भंसार विभागको टोलीले गरेको अनुसन्धानमा कुन कुन व्यवसायीको संलग्नता हो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।अनुसन्धानलाई प्रभावित पार्ने गरी आयातकर्ताको नाम अहिले सार्वजनिक गर्न नमिल्ने वीरगञ्ज भंसारका सूचना अधिकारी सुशिल शर्माले बताए । आयातमा प्रतिवन्ध गरिएको सामान कसले के प्रयोजनको लागि ल्याएको हो त्यस विषयमा अनुसन्धान हुन बाँकी रहेकोले अहिलेनै नाम सार्वजनिक गर्न नमिल्ने उनको भनाई थियो । स्रोतका अनुसार छोकडा, सुपारी, पोस्तादाना, केराउ र दालको कारोबारमा रक्सौल, वीरगञ्ज र काठमाडौं घर भएका राजु डाल्लाबाला भनिने राजीव गुप्ता र उनका भाई संजय गुप्ता, वीरगञ्जको आर्दशनगर स्थित नगरपालिका नजिकै घर भएका मुकेश अग्रवाल, रतन इन्टरनेशनलका संचालक पवन गुप्ता र धिरज गुप्ता तस्करीमा संलग्न रहेको बताइएको छ ।

राजीव र संजय गुप्ताको वीरगञ्ज स्थित आर्दशनगरमा, रक्सौलको कोइरियाटोला र काठमाडौंको कुलेश्वर हाइटमा घर बनाएका छन् । उनीहरुको नेपाल र भारत दुवै देशको नागरिकता समेत रहेको स्रोतले जनाएको छ । दुवै दाजु भाइले सिंगापुरमा समेत कम्पनी खोलेर हुण्डीको कारोवार समेत गर्दै आएका छन् । सीमा क्षेत्रबाट भंसार अधिकारी र प्रहरी प्रशासनलाई मिलाएर बर्षौ देखि तस्करी गर्दै आइरहेका गुप्ता दाजुभाईको नेपाल भारतमा शिवशक्ति इण्डस्ट्रीज, हनुमान इम्पेक्स, समित नेपाल, त्रिवेणी फिड, महालक्ष्मी सोल्मेण्ट रिफाइनरी लगायतका उद्योग र कम्पनी मार्फत कारोवार गर्दै आइरहेको स्रोतको भनाई छ ।

त्यसैगरी वीरगञ्जको आर्दशनगरमा घर भएका मुकेश अग्रवालले समेत विगत लामो समय देखि तस्करी काम गर्दै आएका छन् । उनले छोकडा, पोस्तादाना, कालो मरिच, केराउ, सुपारी, सुन र चाँदीको कारोवार गर्दै आएको बताइएको छ । मुकेश अग्रवालाई कांग्रेस नेतृ आरजु देउवाको संरक्षण रहेका बताइएको छ । वीरगञ्जका एक जना रुंगटा थरका व्यापारीले उनको काममा साझेदारी गरको बताइएको छ । त्यसैगरी रतन इन्टर नेशनलका पवन गुप्ता र धिरज गुप्ताको समेत यसमा संलग्नता रहको बताइएको छ । वीरगञ्जमा नाम चलेका उद्योगपतीहरु बैद, रुंगटा, पटवारी, क्यालहरुको समेत अवैध कारोवारमा पाटनसिप हुनेगरेको स्रोतले जनाएको छ । भंसार विभागको अनुसन्धान पछि यस बिषयलाई राजश्व अनुसन्धान विभागले समेत अवैध कारोवारीको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily