Aadarsh-Daily

रौतहटको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीद्वारा २८ लाख बढीको अवैध कपडा बरामद, तस्कर फरार

ad-4p

रौतहट । रौतहटको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय कपडा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा कपडा भित्र्याउने तस्कर भने पक्राउ पर्न सकेका छैनन्।
सशस्त्र प्रहरीको टोलीले बिहीबार चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एउटा घरबाट १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र सुरक्षा बेस मटीऔँन सन्तपुर र जिल्ला भन्सार कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए।

content ad p2
content left

त्यस्तै दुईदिन अघि सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख बढीको अवैध लत्ताकपडाहरू बरामद गरेको थियो। विशेष सूचनाको आधारमा गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सिमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा बेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको एसपी माधव रेग्मीले बताएका थिए। बरामद लत्ताकपडाहरू राजश्व अनुसन्धान कार्यालय पथलैया र जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सार्वजनिक गरेको थियो। तस्करहरुको समूहले भारतीय बजार बाट रातिराती ठूलो परिमाणमा अवैध रुपमा भित्रयाएको कपडा लुकाई छिपाई रौतहटको बिभिन्न स्थानमा राख्ने गर्दछन। पछि आफ्नो सुबिधा अनुसार जिल्लाको बिभिन्न बजारमा पुर्याउने गर्दछन्।

यसरी बौधिमाई र चन्द्रपुरमा त्यत्रो ठूलो परिमाणको कपडा अवैध भण्डारण बारे सशस्त्र प्रहरीले सूचना सुराकी पाएर कपडा बरामद गर्छन् तर तस्कर बारे जानकारी नहुनु अथवा जानीजानी भगाएको भन्नेमा स्थानीयहरूले शंका गरिरहेका छन्। पछिल्लो समय रौतहटमा भारतीय कपडा मात्र नभई किराना, कस्मेटिक्स , हार्डवेयर, लगायत अनेकौं किसिमका सामानको तस्करी बढेको छ। तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रायः असफल भएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily