Aadarsh-Daily

बाल सुधार गृह वीरगंजमा पुन: झडप, एक जना घाइते

ad-4p

वीरगंज । बाल सुधार गृह वीरगंजमा पुन: बिहिबार राति झडप भएकाे छ । ४ जना बाल कैदी बन्दीहरुलाई बाल सुधार गृह भक्तपुर लगिन थालिएकाे विषयमा झडप हुँदा एक जना घाइते समेत भएका छन् । बाल सुधार गृह वीरगंजका नाइके २३ बर्षिय ललित भुजेल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । घाइते भुजेलकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे उनले वताए । हाल सुधार गृहकाे अवस्था समान्य रहेकाे डिएसपी श्रेष्ठले वताए ।

content ad p2
content left

बिहिबार राति बाल कैदीबन्दीहरुले प्रहरीलाई समेत सुधार गृह भित्र प्रबेश गर्न दिएका थिएनन् । केन्द्रकाे परिपत्र अनुसार बिहिबार सांझ सुमाेमा ४ जना बाल कैदीहरुलाई भक्तपुर लग्न खाेज्दा अन्य बाल कैदी बन्दीहरुले अवराेध गर्न खाेज्दा झडप भएकाे बाल सुधार गृह वीरगंजका प्रमुख टिका कृष्ण काफ्लेले वताए । बाल कैदी बन्दीहरु सुधार गृहकाे कार्यालयमा ताेडफाेड समेत गरेहकाे उनले वताए । उनका अनुसार केही दिन पहिला मात्र पुर्ननिर्माण गरिएकाे सुधार गृहकाे रेलिङ र ग्रिल लगायतका भाैतिक संरचनामा क्षति पुर्याएका छन् ।

यसका साथै उनीहरुले सुधार गृहकाे डेक्स २ थान, बेन्च ३ थान, टेबुल २ थान, दराज १ थान, बक्स पलंग १ थान गिजर १ थान, एसि १ थान, टिभि २ थान, कम्युटिर १ थान ताेडफाेड गरेका छन् । बाल कैदी बन्दीहरुले आफुले सुत्ने काेठाकाे बेड र दराज समेत ताेडफाेड गर्नुकाे साथै काेठा मै राखिएकाे जरिवानाकाे रु ७० हजार र मेराे व्यक्तिगत रु २५ हजार लुटपाट समेत गरेकाे प्रमुख काफ्लेले वताए ।

भक्तपुर लग्न खाेजिएकाे ४ जनालाई यहीं राख्नु पर्ने उनीहरुकाे माग रहेकाे छ । यस बिषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सराेकारवालाहरु बिच भएकाे छलफलमा कुनै निष्कर्ष निस्कन सकेन ।Nयस अघि भदाै २६ गते पनि सुधार गृह वीरगंजमा झडप हुँदा ९ बाल कैदीबन्दीहरु र ३ प्रहरी गरि १२ जना घाइते भएका थिए । त्यस बेलपनि उनीहरु सुधार गृहमा ताेडफाेड गर्दा लाखाैं बराबरकाे क्षति भएकाे थियाे । ५० जना जति बस्ने क्षमता रहेकाे वीरगंजस्थित बाल सुधार गृहमा हाल ११३ जना बस्दै आएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily