Aadarsh-Daily

उपभोग्य वस्तुको गुणस्तरताका लागि पर्सामा मन्त्रालयका पदाधिकारी र सरोकारवालाबिच छलफल

ad-4p

वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले आपूर्ति व्यावस्थापनको लागि पर्साका विभिन्न सरकारी तथा निजीक्षेत्रसँग यहाँको उपभोग्य वस्तुको गुणस्तर, मूल्य तथा भण्डारण क्षमताको विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव होमनाथ भट्टराई र यमेन्द्र उपाध्यायको टोलीले पर्साका संघीय सरकार मातहत रहेका कार्यालयहरु र निजीक्षेत्रको संस्था वीरगन्ज उद्योग वाणिज्य संघसँग छलफल गरेको छ ।

content ad p2
content left

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा भएको छलफलमा आपूर्ति व्यावस्थापनको लागि अहिलेको अवस्था, वस्तुको गुणस्तर र भण्डारण क्षमताहरुको बारेमा जानकारी लिन मधेस प्रदेशका जिल्लाहरुमा आएको मन्त्रालयका उपसचिव होमनाथ भट्टराईले बताउनुभयो । वस्तुमा उपभोत्ताको पहुँच, गुणस्तर, मूल्य तथा खपत लगायतका विषयमा जानकारी लिएर आपूर्ति व्यावस्थापनका लागि सहज गर्ने उद्देश्यको साथै उपभोत्ताले राज्यबाट पाउने सेवाहरुमा गुनासो नआओस भन्नका लागि सरोकारवालाहरुसँग छलफल गरिएको अर्का उपसचिव यमेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो कार्यालयको वर्तमान अवस्था र समस्याको बारेमा जानकारी गराएको थियो । निजीक्षेत्रको तर्फबाट वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले मन्त्रालयले गर्न खोजेको काम प्रशंसनीय भएपनि गृहकार्य कम भएको बताउनुभयो । उहाँले अहिले मुख्य समस्या केही वस्तुहरुमा आयात प्रतिबन्धले अवैध व्यापार फस्टाएकोले यसको रोकथाम पहिलो प्राथामिकतामा राख्नुपर्ने बताउनुभयो ।

सहभागीहरुले भारतले धान निर्यातमा लगाएको २० प्रतिशत निर्यात कर हटाउन पहल गर्नुपर्ने, खाद्यान्न आयातमा लगाउने गरिएको कोटा सिस्टम हटाउनुपर्ने र अवैध व्यापारलाई निर्मूल पार्नुपर्ने बताए । कार्यक्रममा संघीय सरकार मातहतका सरकारी कार्यालयका प्रमुखहरु तथा निजीक्षेत्रको तर्फबाट केही उद्योगी व्यापारीहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily