Aadarsh-Daily

जितपुरमा बजार व्यवस्थापन तथा सुरक्षा चुनौती सम्बन्धि अन्तरक्रिया

ad-4p

बारा । बाराको जितपुरमा बजार ब्यवस्थापन तथा सुरक्षा चुनौती सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । बजारमा चोरीको घटनामा वृद्धि भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा कार्याक्रमको आयोजना गरिएको हो । अन्तरक्रियामा व्यापारीहरुले आफनो र ग्राहकको सामग्रीको सुरक्षाको माग गरेका थिए ।

content ad p2
content left

जितपुर बजार अब्यवस्थित नहुँदा जताततै फोहोर देखिएको, शौचालयको सुबिधा नभएको, दिनँहु सटर फुटाएर पसलमा चोरी भएको, मोटरसाईकल चोरी लगायतको विषय व्यापारीहरुले उठाएका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबि भाष्करले बजार ब्यवस्थापनमा देखिएका समस्याहरुको सुचि लिखित रुपमा बुझाउन अनुरोध गर्नुभयो ।

सबैको साथ र सहयोगले नै समस्याको निराकरण गर्न सकिने उहाँको भनाइ छ । सुरक्षा निकायका प्रमुखहरुले बजारमा सिसिटिभि क्यामरा नभएको, सिमित स्रोत साधन र जनशक्तिबाट बढी काम लिनुपर्ने अवस्था रहेको र सम्पत्ती चोरी भएको साहुले नै चोर समात्नलाई जाहेरी नदिने गरेको लगायतको समस्या चोरीको प्रमुख कारण भएको बताएका छन् । नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily