Aadarsh-Daily

वीरगंज महानगरद्वारा भीमसेन मन्दिरलाई खानेपानी पाइप सहयोग

ad-4p

वीरगंज । वीरगंज महानगरपालिकाले पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरस्थित भीमसेन मन्दिरमा खानेपानी आपूर्तिका लागि पाइप सहयोग गरेको छ ।

content ad p2
content left

मन्दिर परिसरमा खानेपानीको आपूर्तिका लागि पाइप आवश्यक भएको र त्यसका लागि नेवा: देय् दवु सुवर्णपुरले आग्रह गरेपछि वीरगंज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले पाइप सहयोग गरेको हो ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले सोमबार मन्दिर परिसरमै नेवा: दय् दवुका अध्यक्ष चन्द्रबहादुर नेवारलाई कालो पोलिथिन पाइप ५० एमएमको ७ सय मिटर, ३२ एमएमको १ सय मिटर र रिडर १ थान हस्तान्तरण गरेका छन् ।

मन्दिर परिसरमा खानेपानीको समस्या भएको र सहयोगका लागि आग्रह आएपछि महानगरका मेयर सिंहको निर्देशनमा महानगरपालिकाले पाइप र रिडर उपलब्ध गराइएको स्वकीय सचिव घिमिरेले बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily