Aadarsh-Daily

जीराभवानीबाट तीस लिटर मदिरा बरामद गरि नष्ट

ad-4p

पर्सा । पर्साको जीराभवानी गाउँपालिकामा प्रहरीले अवैध तयारी मदिरा बरामद गरि नष्ट पारेको छ । प्रहरीले जीराभवानी गाउँपालिका वडा नं. एक जगतिया चोकबाट तीस लिटर मदिरा बरामद गरेको जनाएको छ ।

content ad p2
content left

प्रहरीले आज बिहान भारततर्फ लैजादैँ गरेको अवस्थामा मदिरा बरामद गरि नष्ट पारेको हो । प्रहरी चौकि महादेवपट्टिबाट प्रहरी सहायक निरीक्षक ललित कुमार साहको नेतृत्वमा गएको प्रहरी टोलिले उक्त मदिरा नष्ट पारेको हो ।

साइकलमा अवैध रुपले भारततर्फ लगिरहेको अवस्थामा उक्त मदिरा बरामद गरि स्थानीय भद्रभलादमी, सञ्चारकर्मीको रोहवरमा नष्ट पारिएको प्रहरी चौकी महादेवपट्टीले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily