Aadarsh-Daily

पर्साको पाेखरिया मेयर कपकाे फाइनलमा कालिकामाई प्रबेश

ad-4p

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जारि टि २० पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत मंगलबार भएकाे दाेस्राे सेमिफाइन खेलमा कालिकामाई गाउँपालिका विजयी भएकाे छ । बिन्दवासिनी गाउँपालिकालाई हराउँदै कालिकामाई गाउँपालिका प्रतियाेगिताकाे फाइनलमा प्रबेश गर्न सफल भएकाे हाे ।

content ad p2
content left

सुरु मै टस जितेर व्याटिङ गरेकाे बिन्दवासिनीले १९.४ ओभर खेल्दै पुरै विकेट गुमाउँदै १५६ रन बनाएकाे थियाे । त्यसपछि १५७ रनकाे लक्ष्यसहित जवाफी व्याटीङमा उत्रेकाे कालिकामाईले १७.५ ओभर मै ६ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गरि विजयी भएकाे कालिकामाईका खेलाडी याेगराज शर्माले वताए ।

म्यान अफ म्याच २० बलमा ४६ रन बनाएका कालिकामाई कै क्याप्टन अर्जुन शर्मा घाेषित भए । प्रतियाेगिताकाे फाइनल खेल शनिबार कालिकामाई र पाेखरिया नगरपालिका बिच हुने आयाेजकले जनाएकाे छ । पाेखरिया नगरपालिकाकाे सहयाेग र वडा नं. ६ को आयोजनामा पाेखरियास्थित शेरा फिल्डमा जारि प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily