Aadarsh-Daily

याैनजन्य गतिविधिमा संलग्न रहेकाे आशंकामा वीरगन्जबाट २९ जना पक्राउ

ad-4p

वीरगन्ज ,१८पुस: प्रहरीले वीरगन्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट २९ जनालाई पक्राउ गरेको छ । ती क्षेत्रमा सञ्चालित होटलहरुबाट २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

content ad p2

बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटलहरुमा अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

content left

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्ममा बसपार्क र ४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बसपार्क र त्यसको वरपर यौनजन्य गतिविधि हुन्छन् भन्ने गुनासो आएको थियो, त्यसैको आधारमा अनुसन्धानका लागि २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेर ल्याएका छौं ।’ उनले भने ‘ सोधपुछ गर्ने कार्य भइरहेको छ । उनीहरुको संलग्नताको आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने वा छोड्ने भनेर निर्णय गर्छौ ।’

वीरगन्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरुसँग बढी पैसा असुल्ने गरिन्छ भने ४० फिटको सडक आसपास क्षेत्रमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ । त्यो क्षेत्रमा तेस्रोलिंगीहरु पनि अबेर रातिसम्म ग्राहक कुरेर बस्ने गरेको स्थानीय बताउँछन् ।साभार:अनलाइनखबर

 

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily