Aadarsh-Daily

तिलावे नदी किनारमा फोहर फालिंदै,स्थानियहरूको आक्रोस

ad-4p

वीरगंज महानगरपालिका–१९ स्थित तिलावे नदीमा महानगरको फोहर फाल्न थालेपछि युवाहरूले सक्रियता देखाएर रोकेका छन् । नदी वरपरका उद्योग, कलकारखाना र सार्वजनिक स्थलबाट निस्किएका फोहर तिलावे नदी किनारमा ट्याक्टरबाट फालिंदै आइएको छ । युवाहरूले सोमवार फोहर फाल्ने ट्याक्टरलाई रोकेका थिए । उनीहरूले वीरगंज महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइसकेको र जथाभावी फोहर फाल्न निषेध गरेकोमा वडा कार्यपालिकाको लापरवाहीको कारण उद्योग, कलकारखाना र सार्वजनिक स्थानबाट निस्केका फोहरलाई वडाध्यक्ष्Fको निष्क्रियताको कारण तिलावे नदी किनारमा फालिएको भन्दै विरोध गरेका थिए ।

content ad p2

श्रीसिया नदी प्रदूषण नियन्त्रणको प्रयास भइरहेका बेला तिलावे नदी प्रदूषण गर्नु उपयुक्त नहुने भन्दै उनीहरूले विरोध गरेका हुन् । युवाहरूले तिलावे नदी किनारमा फोहरको डुङ्गुर देखिएपछि यसविरुद्ध अभियान सञ्चालन गरेको बताएका छन् । आफूहरूले विरोध गरेपछि परिवारका सदस्यहरूलाई दबाब दिइरहेको युवाहरूले बताए ।

नदीमा नुहाउन, पूजापाठ गर्न, खेत सिंचाइ गर्न, पशुपक्षीको तिर्खा मेटाउने तिलावे नदी किनारमा फोहर भण्डारण गरिएपछि फोहर कुहिएर नदीमा पुग्ने र त्यसले नदीको स्वच्छतालाई प्रदूषित गर्ने भन्दै स्थानीय युवाहरूले विरोध गरेका हुन् ।
कुखुरा फार्महरूबाट निस्किने फोहर, म्याद गुज्रिएका औषधि, खाद्यान्नको फोहर, उद्योगको बोइलरबाट निस्केको छाइँलगायत सार्वजनिक स्थलबाट निस्केका फोहरहरू पनि ट्याक्टरमार्फत तिलावे नदी वरपर केही महीनादेखि फालिंदै आएको स्थानीय विकास यादवले बताए । फोहरको डुङ्गुर बढेपछि युवाहरूले यसविरुद्ध सक्रियता देखाएका हुन् । तिलावे नदी आसपास फोहर फालिंदा सोको प्रदूषणले गाउँलेहरूलाई समेत असर पारेको उनले बताए । चीसोको कारण दुर्गन्ध व्यापकरूपमा नपैmलिए पनि गर्मीयाममा यसले बसिनसक्नु हुने उनले बताए । महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि सोही केन्द्रमा फोहर विसर्जन गर्नुपर्नेमा उद्योग, कलकारखानाहरूले डिजेल मात्र बचाउनको लागि नदीलाई प्रदूषण गर्न लागेको युवाहरूको भनाइ छ ।

content left

स्थानीय युवा नीरज यादव, नैमोद्दीन मियाँ, विवेक मिश्र, नीरज यादव, अनिल यादव, राकेश कम्कर, राजाराम यादव, राजु यादवले सोमवार ट्याक्टर रोक्दै वडापालिकाको लापरवाहीप्रति महानगरले चासो राखेर समस्याको समाधान गर्नुपर्ने र सो नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तिलावे नदी वीरगंज महानगरको वडा नं १७ र १९ को सीमामा पर्दछ । पूर्वपट्टि वडा नं १७ अलौं र पश्चिमपट्टि वडा नं १९ विन्ध्यवासिनी पर्छ । उनीहरूले उद्योग कलकारखानाबाट नदीमा फोहर विसर्जनका लागि वडाध्यक्षहरूलाई प्रभावित पारिएको हुन सक्ने आरोप लगाए ।

यसबारेमा वडा नं १७ अलौं अध्यक्ष सञ्जु छतकुलीले अलौंबाट निस्केको फोहोर नदीछेउ विसर्जन नगरिएको बताए । उनले तिलावे नदी किनारमा आफ्नोतर्फ फोहर फाल्न नदिएको र फालेको जानकारी पाए तुरुन्त कारबाई गर्ने बताए ।

यसैगरी वडा नं १९ विन्ध्यवासिनीका अध्यक्ष मुकेश चौरसियाले भने वडाका सार्वजनिक स्थलबाट निस्किएका फोहर मात्र नदी किनारमा फालिएको स्वीकारे । उनले आफ्नो वडाको फोहर विसर्जनमा समस्या भएको दलील दिएका छन् । जबकि महानगरले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको दुई वर्ष बढी भइसक्यो ।

महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुद्दीन मियाँले तिलावे नदीमा फोहोर नफाल्न ट्याक्टरचालकहरूलाई निर्देशन गरिसकेको बताए । उनले महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र नगवामा सञ्चालनमा ल्याइसकेको हुँदा सो ठाउँबाहेक अन्यत्र फोहर फाल्ने चालकहरूलाई कारबाई हुने बताए ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily