Aadarsh-Daily

गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार दासलाई दिने निर्णय

 

ad-4p

वीरगञ्ज, १९ पुष ।  पत्रकार महेश दासलाई स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रेस सल्लाहकारमा नियुक्त भएका पत्रकार दासलाई नै उक्त पुरस्कार दिने निर्णय नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले गरेको हो ।

content ad p2
content left

महासंघका सभापति अनुप तिवारीको सभापतित्वमा सम्पन्न बैठकले लामो समयदेखि वीरगञ्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई पुरस्कृत गर्ने निर्णय गरेको महासंघका सचिव भुषण यादवले जानकारी दिए ।

प्रत्येक वर्षको माघ १ गते माघे संक्रान्तिका अवसरमै वितरण गरिने पुरस्कार यसपटक एभिन्युज टेलिभिजन मधेश प्रदेशका ब्युरो प्रमुख समेत रहेका दासले प्राप्त गर्नेछन् । वीरगञ्जका पूर्व मेयर एवम् पत्रकार स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापित यस पुरस्कारबाट यसअघि गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, तुलसी भण्डारी, प्रताप श्रेष्ठ लगायत पुरस्कृत भइसकेका छन् ।
पत्रकार दास यसअघि राष्ट्रपति विद्या देवी भण्डारीद्वारा प्रबल जनसेवा चतुर्थ पदकबाटसमेत विभुषित भइसकेका छन् । बैठकमा महासंघका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष सन्जीव मिश्रा लगायत पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily