Aadarsh-Daily

भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

ad-4p

वीरगञ्ज, २१ पुष । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ सङ्ग्रामपुरमा बुधवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

content ad p2
content left

गाउँको भित्री सडक खण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बैठाको उपचारका क्रममा गाउँकै एक स्वास्थ्य संस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily