Aadarsh-Daily

२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

ad-4p

वीरगञ्ज, २१ पुष । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

content ad p2
content left

तोलामा २०० रुपैयाँ बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो । बुधबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित खबर

आजदेखि दोस्रो आर्थिक गणना शुरू

Aadarsh Daily

अख्तियारको कारबाही: जनकपुर परिषदका अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा

Aadarsh Daily

अर्थमन्त्री वाग्लेले स्पष्ट पारे: मुलुकमा नोटबन्दी हुने छैन

Aadarsh Daily