Aadarsh-Daily

चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव

ad-4p

वीरगञ्ज, २१ पुष । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ गते हुने भएको छ ।

content ad p2
content left

बिहिबार (आज) बसको विद्यार्थी कल्याण परिषद्लेको बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको गरेको हो ।

परिषद्को उक्त निर्णयलाई भोलि बस्ने त्रिविको कार्यकारी बैठकले अनुमोदन गर्नेछ । त्रिविको स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको छैन । स्ववियु निर्वाचन १४ वर्षपछि हुन लागेको हो । निर्वाचनबाट त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ नेतृत्व चयन हुने छ ।

स्ववियुले विद्यार्थीको हकहितका आवाज उठाउने, विद्यार्थीका समस्याहरु समाधान गर्ने, कार्यक्रम गर्न बजेट उपलब्ध गराउँदै आएको छ । निर्वाचनको मतदाताका रुपमा क्याम्पस भर्ना भएका विद्यार्थीहरु हुन्छन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily