Aadarsh-Daily

नगदे बालीको रुपमा चिनिएको ‘उखु’ खेतीको उत्पादनमा यसपाली कमी।

ad-4p
content left

नगदे बालीको रुपमा चिनिएको ‘उखु’ खेतीको उत्पादनमा यसपाली कमी आएको छ । बारा,पर्सा, रौतहत लगायतका मधेश प्रदेशमा किशानहरुले धेरै मात्रामा उखु खेती गरे पनि उखुमा किरा लागेको कारण उत्पादनमा कमी आएको उखु किशान साम महमद अंसारीले बताएका छन । उनको अनुसार यसपाली खेतमै किरा लागेको कारण आफुहरुको वर्षौ देखीको मिहिनेत खेर गएको र बचेको उखु बारा जील्ला स्थित रिलायन्स सुगर मिल्समा लगेर बच्ने तयारी गरेको बताए । गत वर्षको तुल्नामा यसपाली उखु उत्पादनमा कमी आएको र उखु काटी सकेपछी आफुहरु मिलमा १० दिनदेखी उखु बेच्नका लागि आफनो पालो कुरेर बसेको अर्का किसान विश्वनाथ पटेलले बताए । किराले बालीमा ठुलो नोक्सानी गरेको र यसपाली आफुहरुको लगानी समेत डुब्ने अवस्था रहेकोले सरकार र मिलसंग क्षती पूत्तीको लागी बारमबार आवाज उठाए पनि त्यसको कुनै सुनुवाई नभएको किसान पटेलले बताए । बारा र पर्सामा गरी रिलायन्स मिल एकमात्र मिल रहेको कारण आफुहरु यस मिलमा वर्षौदेखी उखु बेच्दै आएको किसानहरुले बताएका छन । तर मुख्य कुरा के छ भने उखु मिलले लिए पनि नेपाल सरकारद्धारा मूल्य र्निधारण नहुदा मिलले उखु कतिमा लिएको हो भन्ने यसको यकिन हुन नसकेको किसानहरु बताउछन । गत वर्ष प्रति कूइनटल ५९० रुपैयामा उखु बिक्री गरे पनि यसपाली सवारी भाडा र कामदारहरुको मुल्यमा वृद्धी भएकोले आफुहरुको उखु पनि गत वर्षको तुल्नामा यसपाली बढी मूल्यमा बिक्री हुनु पर्ने किसानहरुको माग रहेको छ । किसानहरु उखु बेच्नका लागि २ हप्ता दिन देखी उखु मिलमा ल्याए पनि समयमै उखु नलिदां आफुहरु झन मर्कामा परेको दुःखेसो पोखेका छन । भाडामा ल्याईएका टयाक्टर पनि १० दिनदेखी लाइनमा बस्दा त्यसको भाडा पनि बढदै गएको र आफुहरु झन मर्कामा परेको किसानहरुको भनाई छ । २ हप्ता देखी लाइनमा बस्दा पनि खान र बस्ने सुबिधा नहुदा आफुहरु टयाक्टरको मुनि बसी रात बिताउन बाध्य भएको किसानहरु बताउछन । अचानक चिसो बढदा खुल्ला आकाशमै रात बिताउन किसानहरु बाध्य छन । नेपाल देश कृर्षी प्रदान देश भएपनि वर्षौ देखी यहाका किसानहरु ठुलो समस्या भोगदै आएका छन । सरकारले अहिलेसम्म किन उखुको बिक्री गर्ने मुल्य र्निधारण नगरेको त? भन्ने प्रश्नमा कृर्षी ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवको अनुसार मुल्य र्निधारण गर्ने अधिकार आफनो हातमा नभएको बताए । आफुहरुले मुल्य र्निधारणको लागि केन्र्दीय कार्यालयमा पठाए पनि फाईल फिर्ता आएको र फेरी पठाईएको तर अहिलेसम्म माथीबाट कुनै र्निदेशन न आएकोले मूल्य निर्धारणमा सम्स्या भएको बताए । यसरी समयमा नै किसानहरुको मस्या समाधान नहुने हो भने बिगतका जस्तै यसपाली पनि किसानहरु ठुलो समस्यमा पर्ने निश्चित छ ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily

पर्सा–३ मा रूपेशको लहर: पकहाँमैनपुरबाटै ‘परिवर्तन निश्चित’ संकेत

Aadarsh Daily

वीरगञ्ज–१ मा एमाले उम्मेदवार रिमा यादवको अगुवा कार्यकर्ता भेला सम्पन्न

Aadarsh Daily