Aadarsh-Daily

नगदे बालीको रुपमा चिनिएको ‘उखु’ खेतीको उत्पादनमा यसपाली कमी।

ad-4p
content left

नगदे बालीको रुपमा चिनिएको ‘उखु’ खेतीको उत्पादनमा यसपाली कमी आएको छ । बारा,पर्सा, रौतहत लगायतका मधेश प्रदेशमा किशानहरुले धेरै मात्रामा उखु खेती गरे पनि उखुमा किरा लागेको कारण उत्पादनमा कमी आएको उखु किशान साम महमद अंसारीले बताएका छन । उनको अनुसार यसपाली खेतमै किरा लागेको कारण आफुहरुको वर्षौ देखीको मिहिनेत खेर गएको र बचेको उखु बारा जील्ला स्थित रिलायन्स सुगर मिल्समा लगेर बच्ने तयारी गरेको बताए । गत वर्षको तुल्नामा यसपाली उखु उत्पादनमा कमी आएको र उखु काटी सकेपछी आफुहरु मिलमा १० दिनदेखी उखु बेच्नका लागि आफनो पालो कुरेर बसेको अर्का किसान विश्वनाथ पटेलले बताए । किराले बालीमा ठुलो नोक्सानी गरेको र यसपाली आफुहरुको लगानी समेत डुब्ने अवस्था रहेकोले सरकार र मिलसंग क्षती पूत्तीको लागी बारमबार आवाज उठाए पनि त्यसको कुनै सुनुवाई नभएको किसान पटेलले बताए । बारा र पर्सामा गरी रिलायन्स मिल एकमात्र मिल रहेको कारण आफुहरु यस मिलमा वर्षौदेखी उखु बेच्दै आएको किसानहरुले बताएका छन । तर मुख्य कुरा के छ भने उखु मिलले लिए पनि नेपाल सरकारद्धारा मूल्य र्निधारण नहुदा मिलले उखु कतिमा लिएको हो भन्ने यसको यकिन हुन नसकेको किसानहरु बताउछन । गत वर्ष प्रति कूइनटल ५९० रुपैयामा उखु बिक्री गरे पनि यसपाली सवारी भाडा र कामदारहरुको मुल्यमा वृद्धी भएकोले आफुहरुको उखु पनि गत वर्षको तुल्नामा यसपाली बढी मूल्यमा बिक्री हुनु पर्ने किसानहरुको माग रहेको छ । किसानहरु उखु बेच्नका लागि २ हप्ता दिन देखी उखु मिलमा ल्याए पनि समयमै उखु नलिदां आफुहरु झन मर्कामा परेको दुःखेसो पोखेका छन । भाडामा ल्याईएका टयाक्टर पनि १० दिनदेखी लाइनमा बस्दा त्यसको भाडा पनि बढदै गएको र आफुहरु झन मर्कामा परेको किसानहरुको भनाई छ । २ हप्ता देखी लाइनमा बस्दा पनि खान र बस्ने सुबिधा नहुदा आफुहरु टयाक्टरको मुनि बसी रात बिताउन बाध्य भएको किसानहरु बताउछन । अचानक चिसो बढदा खुल्ला आकाशमै रात बिताउन किसानहरु बाध्य छन । नेपाल देश कृर्षी प्रदान देश भएपनि वर्षौ देखी यहाका किसानहरु ठुलो समस्या भोगदै आएका छन । सरकारले अहिलेसम्म किन उखुको बिक्री गर्ने मुल्य र्निधारण नगरेको त? भन्ने प्रश्नमा कृर्षी ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवको अनुसार मुल्य र्निधारण गर्ने अधिकार आफनो हातमा नभएको बताए । आफुहरुले मुल्य र्निधारणको लागि केन्र्दीय कार्यालयमा पठाए पनि फाईल फिर्ता आएको र फेरी पठाईएको तर अहिलेसम्म माथीबाट कुनै र्निदेशन न आएकोले मूल्य निर्धारणमा सम्स्या भएको बताए । यसरी समयमा नै किसानहरुको मस्या समाधान नहुने हो भने बिगतका जस्तै यसपाली पनि किसानहरु ठुलो समस्यमा पर्ने निश्चित छ ।

content ad p2

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily