Aadarsh-Daily

ठेकेदारको लापरवाहीले सेन्ट्रिङ मजदूरको मृत्यु

ad-4p

पर्सा, बहुदरमाई नगरपालिका–४ तिलावे पुलदेखि दक्षिणमा निर्माण भइरहेको छठघाटको भर्याङ खस्दा वडा नं ५ भौराटोल बस्ने २० वर्षीय राजा महतो धानुकको ज्यान गएको छ भने पटनीटोलका ३५ वर्षीय अमर कुशवाहा गम्भीर घाइते भएका छन् ।

content ad p2

मृतकको शव नारायणी अस्पतालमा राखिएको छ भने घाइते कुशवाहालाई नारायणीमा भर्ना गरिएको वडा नं ५ का अध्यक्ष सुनील महतो कोइरीले जानकारी गराए ।

content left

जिल्ला समन्वय समिति, पर्सामार्फत संसदीय विकास कोषको बजेटबाट निर्माण भइरहेको छठघाटको भ¥याड्ढो ढलान आठ दिनअघि भएको थियो । त्यसैको सेन्ट्रिङ खोल्न जाँदा सो दुर्घटना भएको हो । ढलान गरेको न्यूनतम १५ दिनमा सेन्ट्रिङ खोल्ने गरिन्छ तर सोको आधा अवधिमा खोल्दा सेन्ट्रिङ भस्किएर एकजना मजदूरको मृत्यु भएको र अर्को घाइते भएका हुन् ।

सो कार्य स्थानीय जीतेन्द्र यादवको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले बहुदरमाई नगरपालिका–४ बहुअरी पिडरीका ठेकेदार रामनारायण मण्डलद्वारा गराइरहेको थियो । घटना भएपछि अध्यक्ष यादव र ठेकेदार मण्डल दुवैजना फरार छन् ।

पीडित पक्षले आवश्यक कारबाई तथा क्षतिपूर्तिको माग गरेको छ ।
मृतक परिवारजनले घटनामा संलग्न सबैजनालाई कारबाईको दायरामा ल्याउनुपर्ने माग गरे । साथसाथै पीडित परिवारलाई नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने स्थानीयवासीको माग छ ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily