Aadarsh-Daily

मधेश प्रदेशमा २८ गते भित्र सरकार बनाउन आह्वान

 

ad-4p

वीरगञ्ज, २३ पुस ।  मधेश प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ ।

content ad p2

प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेश गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको छ ।
मधेश प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक– एकजना सांसद छन् ।

content left

सरकार बनाउनका लागि प्रदेश प्रमुखले २८ गतेको समय दिए पनि मधेशका दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने संसदीय दलको नेता पनि चुन्न सकेको छैन् ।

नेपाली कांग्रेसले कृष्णा यादव, नेकपा एमालेले सरोजकुमार यादव, जनमतले महेश प्रसाद यादवलाई संसदीय दलको नेता बनाइ सकेका छन् । तर, यी दुबै दलमा संसदीय दलका नेता बन्ने आकांक्षी बढी देखिएका कारण दलका नेता चुन्न सकस भएको छ । प्रदेश प्रमुखले सरकारमा दाबी गर्नका लागि आह्वान गरेपछि दलहरु भने सरकार बनाउने चाजोपाजोमा देखिएका छन् । मधेश प्रदेशमा पनि केन्द्र जस्तै गठबन्धनको सरकार बन्ने देखिए पनि कसले पहिलो पटक सरकारको नेतृत्व गर्ने भने विषयमा उनीहरुबीच सहमति हुन सकेको छैन् ।

हुन त मधेश प्रदेशमा जनता समाजवादी पार्टीले दाबी गरेका छन् तर, जनमत र जसपाबीचमा पहिलो नेतृत्व गर्ने बिषयमा कुराकानी नमिलेको नेताहरुको दाबी छ । तर, जनमतले दाबी छाडेकै कारण प्रदेश सांसद बसन्त कुशवाहालाई संसदीय दलको नेता नबनाएको एक नेताले बताएका छन् । जनमतले मुख्यमन्त्रीको दाबी छाडेका छन् उनले भने–‘ जनमत मुख्यमन्त्री नछाडेको भए संसदीय दलको नेतामा कुशवाहा हुने थिए ।

कुशवाहाको विकल्प खोजिएका कारण जनमतले संसदीय दलको नेताको दाबीवाट आउट भएको बुझ्न सकिन्छ ।’ जसपाले मुख्यमन्त्री पाउने पक्का भएपछि संसदीय दलको नेतामा सकस देखिएको सो नेताको दाबी छ ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily