Aadarsh-Daily

सत्तारुढ दलद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

ad-4p

वीरगञ्ज, २५ पुष । सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको छ ।

content ad p2

काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

त्यस क्रममा उनले यो वर्ष सरकारले गाडी नकिन्ने कार्यक्रम बनाएको बताए । त्यस्तै नयाँ सार्वजनिक निकाय खोल्न पनि रोक लगाउने बताए ।
उनले स्थानीय तहमा पञ्जीकरणको शूल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका छन् ।

content left

‘६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशूल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने । स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि-सवै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याउने उल्लेख छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

उपप्रधानमन्त्री तथा एमाले नेता विष्णु पौडेल नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरी शीर्ष नेताहरुलाई बुझाएको थियो ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily