Aadarsh-Daily

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकामा ल्याब सामग्री हस्तान्तरण

ad-4p
content left

बारा, २७ पौष
बाराको सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा रगत परीक्षण को लागि प्रयोगशाला को सामान हस्तान्तरण कार्यक्रममा वडा नं. २ को वडा अध्यक्ष रन्जित प्रसाद यादवको अध्यक्षता तथा प्रमुख अतिथि गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठलाइ रगत परीक्षण को लागि प्रयोगशाला को सामान गाउँपालिका प्रमुख राजेश प्रसाद यादव मार्फत जनस्वास्थ्य कार्यालय कवहीगोठका स्वास्थ्य इन्चार्जलाइ हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा गाउँपालिका प्रमुख यादव आफ्नो मन्तव्य राख्ने क्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट अहोरात्र खटी प्रयोगशालाको सामान बुझि ल्याएको र एउटा दक्ष ल्याब टेक्निसियन र साथै कार्यालय सहयोगी जनकपुरबाट नै चाडो भन्दा चाडो ल्याइ १ महिना भित्रमा नै प्रयोगशाला संचालनमा ल्याउने आधुनिक युगमा आधुनिक मेसिनबाट यस गाउँपालिका तथा गाउँपालिका बाहिरका जनताहरुलाइ अब बाहिर नगइ रगत सम्बन्धि जाँच नेपाल सरकारको दररेटमा नै जनस्वास्थ्य कार्यालय कवहीगोठमा नै परीक्षण हुने र अगामी दिनमा पालिका स्तरीय स्वास्थ्य परीक्षण स्थापना हुने भनी आफ्नो प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वडा नं. १ को वडा अध्यक्ष रामविध्या प्रसाद यादव, वडा नं. ३ को वडा अध्यक्ष रामक्षत्री प्रसाद यादव, वडा नं. ४ को वडा अध्यक्ष झकड प्रसाद यादव, वडा नं. ५ को वडा अध्यक्ष रामएकबाल प्रसाद साह, वडा नं. ६ को वडा अध्यक्ष शिवधारी दास तत्मा, वडा नं. ७ को वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा नं. ८ को कार्यवाहक वडा अध्यक्ष जलिल मिया लगायत कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily