Aadarsh-Daily

स्ववियु निर्वाचन चैत ५ गते हुने, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

ad-4p

वीरगञ्ज, २८ पुष । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ ।

content ad p2
content left

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को २२ पुषमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित् क्याम्पसहरुलाई महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily