Aadarsh-Daily

मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए भोजपुरी भाषामा शपथ

ad-4p
content left

वीरगञ्ज, २९ पुष । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।
उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजनाले सपथ लिएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् ।
यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।

 

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily