Aadarsh-Daily

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो

ad-4p
content left

वीरगञ्ज, १३  माघ ।  सर्वोच्च अदालतको संवैधानिक इजलाशमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । तर, यो मुद्दाको निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने विषयको तय इजलासले गर्न बाँकी छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्णि कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गरेका हुन् ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमलगायतले बसह गरेका थिए ।
लामिछानेको विपक्षमा बहस गर्ने वकिलहरुले अरु कुनै देशको राष्ट्रियताप्रति बफादार नरहेको भन्दै नेपाली नागरिकता त्यागेर अमेरिकी ग्रिनकार्ड लिएका लामिछानेले ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया नै नचालेकोले उनी नेपाली नागरिक नरहेको बताएका थिए । तर, उनका पक्षका वकिलहरुले भने उनी नेपाली नागरिक नै रहेको तर्क पेश गरेका छन् ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नै नलिई लामिछानेले राजनीतिक दल खोल्ने, निर्वाचनमा प्रतिस्पर्धा गर्ने र सांसदसम्म भएको भन्दै उनको पद खारेजिको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily