Aadarsh-Daily

बिन्दबासिनी गाउँपालिकामा पनि प्रयाेगशाला स्थापना हुने ।

ad-4p
content left
  1. बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोगशाला स्थापना हुने भएको छ । बिन्दबासिनी गाउँपालीकामा रहेका स्वास्थ्यचौकीमा प्रयोग शाला स्थापनाको लागि मधेस प्रदेशको सामाजिक विकास शाखा अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आज बिन्दबासिनी गाउँपालिकालाई ६० लाख बराबरको ल्याब सम्बन्धि स्वास्थ सामाग्री र उपकरणहरु उपलब्ध गराएको छ ।बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको पहलमा गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोग शाला स्थापनाको लागि प्रदेश जन स्वास्थ्य प्रयोग शालाले आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराएको प्रमुख प्रशाकिय अधिकृत राजु साहले बताएका छ्न । प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधाम बाट सामाग्री बुझन बिन्दबासिनी गाउँपालीकाका अध्यक्ष तिवारीको नेतृत्वमा प्रमुख प्राशाकिय अधिकृत राजु साह , गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौहान , कृषि शाखा प्रमुख रवीन्द्रनाथ तिवारी लगाएतको टोलि पुगेर प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधामबाट बिन्दबासिनी गाउँपालिका लागि ल्याब सम्बन्धि स्वास्थ सामाग्री र उपकरणहरु बुझेका छन् ।
content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily