Aadarsh-Daily

शैक्षिक संस्थाको सार्वजनिक विदा कटौती गर्न विद्यार्थीहरुको माग

ad-4p

वीरगञ्ज, १६ माघ । शैक्षिक संस्थाहरुको सार्वजनिक विदा कटौती गर्न वीरगञ्जको एक विद्यालयका विद्यार्थीहरुले माग गरेका छन् । वीरगञ्जको ब्रह्मचौकस्थित ममता विद्या मन्दिरका विद्यार्थीहरुले सार्वजनिक विदा कटौती गर्नुपर्ने माग गरेका हुन् ।

content ad p2

सार्वजनिक विदा धेरै हुँदा पठनपाठन प्रभावित भएको भन्दै त्यस विद्यालयका विद्यार्थीहरुले सोमवार शान्ती पदयात्रा निकालेका छन् । शैक्षिक संस्थाको सार्वजनिक विदा कटौती गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै विद्यार्थीहरुले वीरगञ्जको घण्टाघरदेखि मुर्ली हुँदै ब्रह्मचौकस्थित विद्यालयसम्म ब्यानर बोकेर शान्ति पदयात्रा निकालेका हुन् ।

content left

सार्वजनिक विदाको नाममा सरकारले विद्यार्थीको पठनपाठनलाई प्रभावित बनाइरहेको सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा क्रिस्टिना चौधरीले बताइन् । विदाले गर्दा समयमै पाठ्यक्रम पनि नसकिने कक्षा ७ का छात्र रवी रामले बताए ।
कक्षा ६ कै छात्र संस्कार दासका अनुसार सार्वजनिक विदालाई कम गर्नुपर्छ । विभिन्न चाडवाडसहित अन्य अवसरमा पनि शैक्षिक संस्थामा सार्वजनिक विदा दिँदा पठनपाठन प्रभावित हुने गरेको विद्यार्थीहरुको गुनासो छ ।

सरकारले नै हिउँदे, वर्षेसहित ४५ दिन र स्थानीय बिदा ५ दिन दिने व्यवस्था गरेको छ । शिक्षा नियमावलीअनुसार १ वर्ष (३६५ दिन) मा २ सय २० दिन अनिवार्य विद्यालय खुल्नुपर्ने र १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था भएपनि कार्यन्वयन हुन सकेको छैन ।

विद्यार्थीहरुको माग सकारात्मक रहेको भन्दै विद्यालयका प्रबन्ध निर्देशक बिश्वासप्रताप साहले पनि समर्थन जनाएका छन् । विभिन्न विदाका कारण पाठ्यक्रम नै नसकिदा समस्या भएको हुँदा विदा कटौती हुनुपर्ने विद्यालयका प्रधानाध्यापक काशी प्रसाद चौधरीले बताए ।

पदयात्रामा कक्षा ४ देखि ८ सम्मका छात्रछात्राहरु सहभागी थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily