Aadarsh-Daily

ओबिसी महासंघको संगठन बिस्तार, वीरगञ्ज महानगर र बहुदरमाई नगरको अध्यक्ष चयन

ad-4p

वीरगञ्ज, १६ माघ ।  नेपाल पिछडा वर्ग (ओबिसी) महासंघले संगठन बिस्तारलाई निरन्तरता दिएको छ ।

content ad p2
content left

 केही दिनअघि मात्रै देवनाथ महतोको अध्यक्षतामा ओबिसी महासंघ पर्साको कार्य समिति गठन भएलगत्तै आज फेरी २ वटा स्थानीय तहमा समिति बिस्तार गरिएको छ । सोमवार ओबिसी महासंघको वीरगञ्ज महानगर समिति र बहुदरमाई नगर समिति गठन गरिएको छ ।

वीरगञ्ज महानगर समितिका राजा साह तेलीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै सौरभ कुमार सिंहलाई बहुदरमाई नगर समितिको अध्यक्ष चयन गरिएको पर्सा जिल्ला अध्यक्ष महतोले जानकारी दिए । महतोका अनुसार अरु पदाधिकारीसँगै सदस्यहरु अध्यक्ष आफैले चयन गर्नेछन् ।
समाजसेवी अभिमन्यु पटेल, पर्सा जिल्ला अध्यक्ष महतो लगायतको उपस्थितीमा दुई वटा स्थानीय तहको अध्यक्ष चयन गरिएको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily