Aadarsh-Daily

राष्ट्रिय योजना आयोगका तीन सदस्य नियुक्त

ad-4p

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ ।

content ad p2
content left

आज बसेको मन्त्रिपरिषद् बैठकले अञ्जान शाक्य, सुशील ज्ञवाली र कुसेन्द्र महतलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

शाक्य पूर्वराजदूत हुनुहुन्छ भने ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीइओ र महत कर्णाली प्रदेशको विज्ञको रूपमा काम गर्नुभएको थियो । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily