Aadarsh-Daily

गोरु पर्व’ लाई अन्तर्राष्ट्रिय अवार्ड

ad-4p

वीरगञ्ज, १७ माघ । निर्देशक पुरु लम्सालद्वारा निर्देशीत वृत्तचित्र ‘गोरु पर्व’ ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

content ad p2

बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ का अवसरमा वृत्तचित्र गोरु पर्वले उत्कृष्ट वृतचित्रको अर्वाड प्राप्त गरेको हो ।

content left

जनवरी २६ देखी २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायत विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको थियो ।
नुवाकोटको तारुकामा हरेक वर्ष माघे सक्रान्तीको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामा आधारित वृत्तचित्र केपी पाठकले निर्माण गरेका हुन् । रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका छन् ।

वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पाश्र्वगायन राजेन्द्र बजगाईँको पाश्र्वसंगीत रहेको छ ।

अवार्ड प्राप्त गरेपछि निर्देशक लम्सालले प्रतिक्रिया दिँदै भने, ‘गोरु पर्व हाम्रो मौलिक संस्कृति हो, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरुको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौँ ।’

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily