Aadarsh-Daily

गृहमन्त्री नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

ad-4p

वीरगञ्ज, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहो¥याएको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका हुन् ।

content ad p2

रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

content left

पुस १० मा एमाले, माओवादी केन्द्र, रास्वपा राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिने अवस्थामा पुग्नु भएको रास्वपा नेताको भनाइ छ ।
सरकार निर्माण गर्दा भएको सहमति अनुसार हामीले गृह मन्त्रालय लिएको हो’ रास्वपा स्रोतले भन्यो, ‘त्यो पालना नहुने हो भने देशको राजनीति पुस १० मा फर्किन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेको हो ।’

प्रधानमन्त्रीले भने नागरिकता पुनः लिए पनि पुरानै नागरिकताका आधारमा राहदानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न आग्रह गरेका थिए ।

‘कानूनी कुरा के हुन्छ, एकचोटि सरसल्लाह गरौं, भोलि फेरि अप्ठ्यारो नहोस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘कानूनी अप्ठ्यारा पनि हुनसक्छन् । राहदानी लगायतका कुरामा कानूनी समस्या के हुन्छ, त्यो बुझौं ।’

सर्वोच्च अदालतको फैसलापछि लामिछाने पदमुक्त भएपछि माओवादीका कतिपय नेताहरुले गृह मन्त्रालय आफूहरुले नै राख्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily