Aadarsh-Daily

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

ad-4p
content left

वीरगञ्ज, १८ माघ । नेपाल क्रिकेट सङ्घका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकले उनी विरुद्धको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउ लगत्तै उनलाई क्यानले निलम्बन गरेको थियो । सन्दीपलाई जिल्ला अदालत काठमाडौँले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर अहिले उक्त आदेशको विरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दर्ता गरेको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily