Aadarsh-Daily

पर्सा प्रहरीद्वारा स्रोत नखुलेको २० लाख नगदसहित १ जना नियन्त्रणमा

ad-4p

वीरगञ्ज, १९ माघ ।  जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ् टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजनजयन्ती चोकस्थित सडकखण्डबाट स्रोत नखुलेको रकमसहित १ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय श्यामकिशोर साहलाई नियन्त्रणमा लिएको हो ।
शंकास्पद अवस्थामा आइरहेको अवस्थामा मोटरसाइकल रोकी चेकजाँच गर्दा १ हजार दरका १६ सय थान र ५ सय दरका ८ सय थान गरी नेपाली २० लाख रकम भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

भेटिएको रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए । उनका अनुसार साहविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily