Aadarsh-Daily

प्रतिबन्धित लागु औषधसहित वीरगञ्जबाट २ जना पक्राउ

ad-4p

वीरगञ्ज, १९ माघ ।  प्रतिबन्धित लागु औषधसहित जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेट अगाडीको बाटो भएर पैदल हिँडीरहेका २ जनालाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको नियमित चेकिङ् टोलीले पक्राउ गरेको हो ।

content ad p2
content left

अवैध रुपमा लगु औषध भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले शंकास्पद अवस्थथामा हिँडीरहेका २ जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता र भारत बिहारको बेतिया ग्राम कुढवा मठिया ७ का २१ वर्षीय मंदिप यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रवक्ता बुढाथोकीका अनुसार उनीहरुको साथबाट २० पत्तामा रहेको ६ सय पिस नाइट्राभेट बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको बुढाथोकीले बताए । 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily