Aadarsh-Daily

अहमदिया संघको बार्षिक जलसा सालाना भव्यताका साथ सम्पन्न

ad-4p

वीरगञ्ज ८ फागुन । विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघले पर्साको द्वारा विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं बार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

content ad p2

Love for all Hatred for none (सबैलाई प्रेम गर ) कसैलाई घृणा नगर’भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय अहमदिया संघको आठौं बार्षिक जलसा सालाना एक विशेष कार्यक्रमका बिच आज प्रसौनी भाठ्ठामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर श्रष्टालाई सम्झने उद्देश्यले प्रत्येक वर्ष जलसाको आयोजना गर्ने गरिएको बताए ।

content left

पञ्जाब भारतबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष अघि ईस १८९१ मा कादियानबाट शुरु गरेको यस जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशहरुमा गर्ने गरिएको चर्चा गर्दै प्रमुख अतिथि हाफीजाबादीले अहमदिया मुस्लिम जमात एक विसुद्ध धार्मिक तथा अध्यात्मिक जमात हो, यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए । यस जमातको संघ संस्था विश्वको २ सय ९ वटा देशहरुमा स्थापित रहेको सहभागीहरुलाई जानकारी दिँदै उनले मानविय आंचार संहिताको रक्षा गर्ने, राष्ट्रियता एकता अखण्डता एवं धािर्मक सहिष्णुताको बारेमा समेत चर्चा गरे ।

कार्यक्रममा क्रिशचन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपाल का अध्यक्ष रंजित सिंहक सबै धर्मगुरुहरु र पवित्र पुस्तकहरुको सम्मान गर्नु पर्नेमा जोड दिदै आफ्नो धार्मिक सोंचलाई परिवर्तन गरुन्, अर्काको धर्ममाथि हिलो छ्यापने काम नगरुन्, प्रेम र शान्तिको स्थापनार्थ सर्वश्रेष्ठ उपाय आप्नो धर्मको राम्रो कुरालाई अरु समक्ष प्रस्तुत गर्नु नै रहेकोमा जोड दिए ।

जलसामा नेपालका विभिन्न जिल्लाहरु झापा, सुनसरी, सप्तरी, सिरहा, पर्सा, काठमाडौं, तनहुँ, चितवन तथा धनगढी लगायत भारतका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा बिष्टअतिथि जमात अहमदिया संघका सदर मोइन अहमद , पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री अतिथि विन्दवासिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया,पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगाय विभिन्न पार्टीका प्रतिनिधिहरूको सहभागिता अहमदिया संघ नेपाल पर्सा का इन्चार्ज हासिम अहमदले बताए।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily