Aadarsh-Daily

भोलीदेखि लामखुट्टे मार्ने विषादी छर्किने वीरगञ्ज महानगरको तयारी

ad-4p

वीरगञ्ज, ९ फागुन ।  वीरगञ्ज महानगरपालिकाले लामुखुट्टे मार्ने विषादी छर्कने तयारी गरेको छ । वीरगञ्जमा केहि दिन यता फेरि लामखुट्टेको संख्या बढेर समस्या भइरहेको जनगुनासोलाई मध्यनजर गर्दै महानगरपालिकाले फागुन १० गते भोलीदेखि लामखुट्टे मार्ने विषादी छर्कने अभियाान शुरु गर्ने भएको हो ।

content ad p2
content left

केहि दिन यता फेरि लामखुटटेको प्रकोप बढेको र त्यसबाट फैलन सक्ने मलेरिया, डेंगु जस्ता रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्कने अभियान शुरु गर्न लागिएको महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

वीरगञ्जका ३२ वटै वडामा बिहान र बेलुका गरि दिनको दुइ पटक विषादी छर्किने मियाँले बताए । फागुन १० देखि चैत ६ गते सम्म ३२ वटै वडामा बिहान र बेलुकी गरि पम्प स्प्रे र एयर स्प्रे गरिने महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily