Aadarsh-Daily

झुक्याएर दोस्रो बिहे गर्न लाग्दा श्रीमती प्रहरीसहित मण्डपमै पुगेपछि…

ad-4p

राम मण्डल

content ad p2

वीरगञ्ज – झुक्याएर दोस्रो बिहे गर्न लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झुक्याएर दोस्रो बिहे गर्न लागेका पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर बस्ने अतावदीन देवानलाई पक्राउ गरेको हो।

content left

देवानले केटी पक्षलाई झुक्याएर दोस्रो बिहे गर्न लागेका थिए। उनी पहिलो श्रीमतीलाई छाडिसकेको भनेर सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर टोलकी एक युवतीसँग झुक्याएर विवाह गर्न पुगेका थिए।

तर उनकी श्रीमती र सासुले प्रहरीलाई यसबारेमा खबर गरेपछि प्रहरी बिहे रोक्न प्रसोतीपुर पुगेको थियो। देवानकी श्रीमती छोरीसहित विवाहको मण्डपमै पुगेकी थिइन्।

पछि देवानलाई छाडिएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। देवानले दोस्रो बिहे गरिनसकेको हुँदा छाडिएको गिरीले बताए। ‘दोस्रो बिहे गर्न लागेको थियो। गरेको चाहिँ थिएन,’ उनले भने, ‘त्यही भएर मुद्दा चलाउन पाइएन। पक्राउ गरेका थियौँ, पछि छाड्यौँ।’

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily