Aadarsh-Daily

उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता

ad-4p

उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

content ad p2
content left

उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ ।  सो सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो।

मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल-फताह अल-सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।
इजिप्टका कम्पनीहरूसँग हाम्रो देशमा संयुक्त रूपमा ठूला लगानीका कार्यक्रमहरू लागू गर्ने अवसर छ,’उज्बेक राष्ट्रपतिले उल्लेख गरेका छन् । (रासस-सिन्ह्वा)

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily