Aadarsh-Daily

पोखरियामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

ad-4p

वीरगञ्ज, १२ फागुन । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसन्तपुरस्थित भिस्वाबाट पोखरियातर्फ जाँदै गरेको ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बिआर २२ एन ३७९६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको हो ।

content ad p2
content left

भारतको बिहार जिल्ला वेतिया पश्चिम चम्पारण बस्ने २२ वर्षीय कैयफली चुरीहार दुर्घटनामा घाइते भएका थिए । सवारी दुर्घटनाको खबरपश्चात ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक आयुष जोशी नेतृत्वको टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि पोखरिया अस्पालमा पठाएको थियो ।

दिउँसो २ बजेर ४५ मिनेटमा उपचारकै क्रममा चुरीहारलाई चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । प्रवक्ता गिरीकाअनुसार मोटरसाइकललाई ठक्कर दिने पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३४ वर्षीय श्यामबाबु यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily