Aadarsh-Daily

कर छलीको उजुरीमाथि १ वर्षसम्म भएन अनुसन्धान

ad-4p

वीरगञ्ज, १६ फागुन । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि भन्दै एकपछि अर्को उपाय अपनाइरहँदा सरकारकै एउटा निकायमा परेको कर छलीसम्बन्धी उजुरीको सुनुवाइ हुन सकेको छैन । वीरगञ्जका एक व्यवसायीले आन्तरिक राजस्व विभागमा दिएको उजुरीमा १ वर्ष बित्न लाग्दा पनि सुनुवाइ नभएको हो ।

content ad p2
content left

स्वदेशमा खुलेका केमिकलमा आधारित ट्वाइलेट क्लिनर, ≈यान्डवास, ग्लास क्लिनर, फ्लोर क्लिनर, भाँडा र लुगा धुने तरल तथा पाउडर उत्पादकले अन्त:शुल्क, मूल्य अभिवृद्धिकर र आयकर छलेको भन्दै गतवर्षको चैत २० मा विभागमा उजुरी दर्ता भएको थियो ।

वीरगञ्ज, विराटनगर, काठमाडौंलगायत स्थानमा सञ्चालनमा रहेका ३१ उद्योगको नामै किटेर उजुरी गर्दासमेत विभागले अनुसन्धान अघि नबढाएको गुनासो ती उद्यमीको छ । उद्योगहरूको नाम, स्थायी लेखा नम्बर, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरेर उजुरी दिँदा पनि विभागले छानविन नगरेको ती उद्यमीले गुनासो गरे ।
विभागको स्थानीय कार्यालयमा उजुरी गर्दा सुनुवाइ नभएपछि उजुरीकर्ता विभागमा पुगेका थिए । स्वदेशमा उत्पादन हुने एचएस कोड ३४०१ र ३४०२ का ती वस्तुमा ५ प्रतिशत अन्त:शुल्क लाग्ने भए पनि सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा कर छली भइरहेको दाबी उजुरीकर्ताको छ ।

यस्ता उद्योगले कमसल उत्पादन बजारमा पठाएर उपभोक्तालाई ठगेको उजुरीकर्ताको दाबी छ । कर छल्ने अधिकांश उद्योगलाई आन्तरिक राजस्व विभागले छानविनको दायरामा नल्याउँदा नियमअनुसार लाग्ने कर तिरेर सञ्चालनमा रहेका उद्योगलाई प्रतिस्पर्धामा कठिनाइ भइरहेको उजुरीकर्ताको भनाइ छ । आर्थिक अभियानबाट

सम्बन्धित खबर

गलत उपचार र लापरबाहीले बिरामीको ज्यान लियो—-वीरगञ्जको प्रभु अस्पताल प्रकरणमा डा. गुप्तामाथि अनुशासनात्मक कारबाही

Aadarsh Daily

कार्की आयोगको प्रतिवेदन लुकाएको आरोप: माइतीघरमा युवाहरूको कडा प्रदर्शन

Aadarsh Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

Aadarsh Daily