Aadarsh-Daily

कमला पुल निर्माणको कार्य दुई साता भित्रै सुरु गरिने : मन्त्री श्रेष्ठ

ad-4p

वीरगंज । भौतिक पूर्वाधार तथा यातायात एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी राजमार्ग अन्तर्गत रहेको धनुषा–सिरहा जोड्ने कमला पुलको निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार भासिएको पुलको निरीक्षण गर्न आएका मन्त्री श्रेष्ठले भने, ‘दुई साताभित्र निर्माण सुरु हुन्छ नयाँ डिजाइन बनाउन समय लागेकाले निर्माणमा ढिलाइ भएको छ तर अब यथाशीघ्र निर्माण कार्य सुरु हुनेछ ।’ मन्त्री श्रेष्ठ मन्त्रालयका सचिव, निर्माण कम्पनी, हुलाकी सडक आयोजनाका अधिकारी र प्राविधिकहरुसँगै लिएर पुलको निरीक्षण गरेका थिए ।

content ad p2
content left

पुल भासिएको लामो समयसम्म कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा गर्न नसकेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पु कन्सट्रक्सनसँगको ठेक्का खारेज गरेको थियो । त्यसपछि २०७८ असार १३ गते ४ सय ७० मिटर लामो पुल निर्माण सक्नेगरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो तर उद्घाटन हुनु अगाडि नै अविरल वर्षासँगै आएको बाढीले पुल भत्केको थियो ।

कमला नदीमा पुल नहुँदा सिरहाबाट जनकपुरधाम तथा धनुषाकै नागरिकहरुले सदरमुकाम जनकपुरधाम पुग्न तीन घण्टा भन्दा बढीको समय लाग्ने गरेको छ । पुल भत्केपछि त्यहाँ बनाइएको कच्ची पुलमा आरपार गर्ने व्यक्तिहरुले प्रति व्यक्ति २५ रुपियाँको दरले तिर्नुपर्ने बाध्यता रहेको छ । मधेशको लाइफलाइन मानिएको हुलाकी सडक अन्तर्गतको यो पुल निर्माण यथाशीघ्र हुनु पर्ने भन्दै विभिन्न समयमा आन्दोलन हुँदै आएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily