Aadarsh-Daily

उपप्रधानसहित ९ मन्त्रालयमा कांग्रेसको दावी, नेतृत्वमा कोइराला कि खड्का ?

ad-4p

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तारबारे छलफल सुरु गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको अनौपचारिक छलफलमा कांग्रेसले उपप्रधानसहित ९ मन्त्रालयमा दावी गरेको छ भने प्रधानमन्त्री प्रचण्डले उपप्रधानसहित ७ मन्त्रालय लिन आग्रह गरेको स्रोतको भनाइ छ ।

content ad p2

नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले अहिले १६ मन्त्रालयको जिम्मेवारी आफैले लिएका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर पुष १० गतेको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि कांग्रेस सरकारमा जाने तयारीमा छ । बाँकी जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउनु पर्ने छ ।

content left

आठ दलीय गठबन्धनमा कांग्रेसले ९ मन्त्रालय दावी गरेको हो । पार्टीभित्रका अधिकांश शीर्ष नेताहरु नै सरकारमा जान इच्छुक देखिएपछि सभापति देउवाले पहिले पार्टीमा छलफल गरेर नाम दिने बताएको स्रोतको भनाइ छ । राष्ट्रपति निर्वाचन नजिकिएका कारण अन्य दलसँग मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छैन् । कांग्रेसका एक नेताले बताएअनुसार कांग्रेसले राष्ट्रपतिको निर्वाचनपछि मात्र सरकारबारे छलफल गर्ने भने पनि प्रधानमन्त्री प्रचण्डले भने त्यस अगाडि नै सहमति जुटाएर जानुपर्ने भन्दै मन्त्रिपरिषद विस्तारप्रति चासो देखाएका छन् ।

कांग्रेसले अर्थ मन्त्रालयल लिने र माओवादीले गृह मन्त्रालय राख्ने लगभग सहमति भइसकेको बताइएको छ । माओवादी केन्द्रले गृह मन्त्रालय राखेर कांग्रेसले अर्थ पाउँदा त्यसमा को जाने भन्ने अर्को समस्या देखिएको छ । अर्थमा जान कांग्रेसका युवा नेताहरु आकांक्षी देखिएका छन् । मन्त्रालय मिलाउन गृह राज्यमा कांग्रेस र अर्थ राज्यमन्त्रीको रुपमा माओवादीले लिने मोटामोटी सहमति भएको बताइएको छ । अर्थमा जान पार्टी प्रवक्तासमेत रहेका डा.प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की र उदय शमशेर जबराले चासो देखाएका छन् ।

कांग्रेस सरकारमा जाँदा शेखर कोइराला समूहले ४० प्रतिशत दावी गरेको छ । तर, सभापति देउवाले कोइरालासँग अहिलेसम्म सरकारमा सहभागी हुने विषयमा छलफल चलाएका छैनन् । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का नगए इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला उपप्रधानसहित परराष्ट्रमन्त्री भएर कांग्रेसको नेतृत्व गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ । कोइरालाले नेतृत्व गर्दा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने छन भने उपसभापति खड्का गएमा कुन मन्त्रालय लिने भन्ने तय भएको छैन् ।

बालुवाटार निकट उच्च स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्रालयसहित ७ मन्त्रालय लिएर अन्य दुई राज्यमन्त्री लिनुपर्ने सर्त प्रधानमन्त्रीको छ । माओवादीले गृहसहित पाँच मन्त्री र दुई राज्यमन्त्री लिएर बाँकी मन्त्रालय अरु दललाई दिएर मिलाउने सोचमा प्रधानमन्त्री रहेका छन् ।कांग्रेसमा भने मन्त्री बन्ने आकांक्षीहरु धेरै देखिएका छन् । अर्थ मन्त्रालयमा अर्थतन्त्र बुझेको व्यक्तिलाई अघि सार्ने तयारी कांग्रेसको छ । स्रोतका अनुसार सभापति देउवाले खड्का वा कोइरालाको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने तयारी गरिरहेका छन् ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily