Aadarsh-Daily

सिर्सिया नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई जरिबाना, अब उद्योगलाई गर्ने तयारी

ad-4p

वीरगञ्ज, १७ फागुन । उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई वीरगञ्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

content ad p2

वीरगञ्जको वडा नम्वर २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५
तीनै वटा ट्याक्टरलाई महानगरले बिहान नियन्त्रणमा लिएर बालमन्दिरमा राखेको थियो । तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक १/१ हजार जरिबाना गरेर छाडिएको छ ।

content left

महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई आजबाट जरिबाना गर्न सुरु गरेको हो ।

नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित हुने गरेको छ ।

महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।

यहाँ रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । आज उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने महानगर प्रमुख राजेशमान सिंहले बताए ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily