Aadarsh-Daily

माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर

ad-4p

वीरगञ्ज, १७ फागुन । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियानलाई अझ तिब्र पारेको छ ।

content ad p2

महानगरले नाला, सडक पेटी, पार्क लगायतका सार्वजनिक स्थल र जग्गा अतिक्रमण गरि बनाइएका भौतिक संरचनाको निस्सा महानगरपालिकाको कार्यालयमा दुइ दिनभित्रमा पेश गर्न निर्देशन सहितको सार्वजनिक सुचना गत कात्तिक १५ मा जारी गरेको थियो ।

उक्त सूचनामा महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न आग्रह पनि गरेको थियो । यद्दपी निर्देशनलाई अटेर गरिएपछि गत कार्तिक तेश्रो सातादेखि महानगरले त्यस्ता अवैध संरचनाहरु भत्काएर हटाउन शुरु गरेको थियो ।
यसैक्रमा मंगलबार पनि वीरगञ्ज महानगरले आदर्शनगर स्थित माइराम पोखरीको जग्गा अतिक्तमण गरि बनाइएका पक्की घरहरु डोजरले भत्काएर खाली गराएको छ । पोखरीले चर्चेको ५ वटा पक्की घरहरु डोजरले भत्काएर खाली गराइएको मेयर राजेशमान सिंहले जानकारी दिए ।

content left

माइराम पोखरीको जग्गामा निर्मित चिल्ड्रेन पार्कको पूर्व तिर बनाइएका ५ वटा पक्की घरहरु मंगलबार डोजर लगाएर भत्काइएको उनले बताए । पोखरीले चर्चेको जग्गामा अतिक्रमण गरि बनाइएका अन्य संरचनाहरु पनि हटाउने उनले बताए ।

२०२२ सालको नापीमा आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि माइराम पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको देखिन्छ । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि अहिले पोखरी खुम्चिएर १८ कट्ठामा मात्रै समेटिन पुगेको छ । त्यहि जग्गामा यसअघिका मेयर विजय सरावगीको पालामा महानगरले चिल्ड्रेन पार्क निर्माण गरेको थियो ।

मेयर सिंहले महानगरका निस्सा वा प्रमाण देखाउन नसकेका महानगरका अन्यस्थानका पनि सबै संरचनाहरु भत्काएर हटाइने बताए ।

वीरगञ्ज महानगरले नालाहरु अतिक्रमण गरि बनेका संरचनाहरु पनि ७ दिन भित्र हटाउन फागुन २ गते सूचना जारी गरिसकेको छ । उक्त सूचनाको म्याद पनि कटिसकेकाले नाला ममाथि बनाइएका सिढी, र्याम्प, छेकवार लगायतका संरचनाहरु पनि महानगर आफैले भत्काएर हटाउने र त्यसमा लागेको खर्च पनि सम्बन्धित व्यक्तिबाटै असूल गर्ने मेयर सिंहले बताए ।

अहिले महानगरपालिकाले अतिक्रमति भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेकाले महानगर भित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउन थालिएको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिका संयोजक प्रदीप कुमार चौरसियाले बताए ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily