Aadarsh-Daily

प्रेस सेण्टर नेपाल पर्साको साधारणसभा फागुन २७ गते हुने

ad-4p

वीरगञ्ज, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेण्टर नेपाल पर्साको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वीरगञ्जको होटल कुमु प्यालेसमा बसेको आजको बैठकले संगठनको साधारणसभा यहि फागुन २७ गते शनिबार गर्ने निर्णय गरेको छ ।

content ad p2
content left

त्यस्तै नजिकिएको होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्न २१ गते आईतबार होली मिलन समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा बसेको बैठकमा सेण्टरका केन्द्रीय सचिव एवम् राष्ट्रिय समाचार समिति वीरगञ्जका प्रमुख राजु विश्वकर्मा, सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश समिति सदस्य मूनेश लायो मगर,
प्रदेश समिति सदस्य अशोक श्रीवास्तव लगायत जिल्ला समन्वय समितिका सचिव शिवनाथ यादव सदस्यहरु अनिल साह, प्रणय साह, अजित भूजेल, रितेश झा, शर्मालाल बैठा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily