Aadarsh-Daily

युवा नेता सर्राफ जनमत पार्टीमा प्रवेश

ad-4p

वीरगञ्ज, २० फागुन ।  युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाण्डौस्थित जनमत पार्टी कार्यालयमै पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सर्राफलाई पार्टीमा स्वागत गरेका हुन् ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सर्राफ लामो समयदेखि सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय छन् । २०७४ सालको प्रदेश सभाको निर्वाचनमा स्वतन्त्रबाट पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएर सर्राफले राजनीतिक यात्राको आरम्भ गरेका थिए ।

५ सय ७१ मतका साथ चौथो स्थानमा रहेका सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगरको अध्यक्षसमेत बने । २०७९ सालको निर्वाचन नजिकिदै गर्दा पार्टीभित्रको आन्तरीक विवाद र असन्तुष्टीकै कारण उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए ।
देशैभर स्वतन्त्रको लहर चलेको समयमा लौरो चुनाव चिह्नबाट जित्ने आशमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएपनि उनले अपेक्षित मत ल्याउन सकेनन् । २ हजार २९ मत मात्रै ल्याएका सर्राफ यसपटक पनि चौथो स्थानमै रहे ।

निर्वाचन सकिएसँगै उनी अब जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका अध्यक्ष राउतसँगै उपाध्यक्ष दिपक साह, पार्टीका नेता बिपि साह लगायतले स्वागत गरेका हुन् ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily