Aadarsh-Daily

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

ad-4p

वीरगन्ज,२० फागुन : वीरगन्जमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

content ad p2
content left

मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानी घर भएका ४५ वर्षिय चोकट मुखिया बिन रहेका छन् । घाइते पोखरिया नगरपालिका वडा नम्बर ३ फुलवरिया घर भएका ३९ वर्षिय विश्वजित राउत गिरिको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट पोखरिया जाँदै गरेको ना ४२ १७५९ नम्बरको मोटरसाइकल वीरगन्ज ९ स्थित सडकमा आफै अनियन्त्रित भइ दुर्घटना हुदा त्यसमा सवार बिन र गिरि घाइते भएका थिए ।

घाइते दुवै जनालाई शुरुमा उपचारका लागि पोखरिया अस्पतालमा लगिएकोमा त्यहि उपचारका क्रममा बिनको शुक्रबार राति नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily