

वीरगन्ज । पर्साको बिरगंज महानगरपालिका स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा शनिबार शिक्षक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बि.स. २०५९ सालमा एस.एल.सी परीक्षा पास गरेका सोही बिधालयका विद्यार्थीहरुद्वारा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो। सम्मानीत हुनेमा बिधालयका पूर्व प्रधानाध्यापक राजेश पाण्डे, शिक्षक मदन प्रसाद, देवलाल पटेल, मूर्तुजा आलम, किरण पाण्डे, रमेश सर, अशोक साह, जोवाहर सर, घनश्याम मिश्रा, रामानन्द साह, लगायत शिक्षक शिक्षिका ज्युहरुलाई सम्मान गरिएको हो l
कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रशासक तथा बिधालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य शिवशंकर पटेलले एतिहासिक कार्यक्रमको आयोजना गरेकोमा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यबाद दिएका थिए । उनले शुभकामना दिँदै आज यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले देशका हरेक जिल्लामा काम गरेको देख्दा अत्यन्तै खुशी लाग्ने गरेको बताए। प्रमुख अतिथी पटेलले अहिलेको अवस्थामा विद्यार्थीहरुले शिक्षकलाई त्यति आदर, मान सम्मान गरेको नदेख्दा धेरै दुःख लाग्ने गरेको तर यो कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले आफ्ना गुरु वर्गलाई सम्मान गरेर आफ्ना गुरु प्रति उच्च सम्मन प्रकट गरेको देख्दा निकै खुशी लागेको बताए । उनले यो कार्यक्रमले अरु विद्यार्थीहरुलाई पनि धेरै कुरा सिक्ने अवसर प्रदान गरेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल बर्नवालले शुभकामना दिँदै विद्यार्थी र शिक्षकबिच नङ र मासुको जस्तो सम्बन्ध रहेको हुनाले शिक्षकलाई जहिले पनि उच्च सम्मान गर्नु पर्ने बताए । उनले यस विद्यालयमा स्वर्गीय श्री जगर्नाथ तिवारी सरको पनि निक्कै ठूलो योगदान रहेको र वहाकै सक्रियतामा विद्यार्थीहरू आज विभिन्न सरकारी सेवामा आवद्ध रहेको बताए । उनले आज यो कार्यक्रमले फेरी पनि यो विद्यालयलाई पहिलाकै अवस्थामा ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा २०५९ सालको बायचमा अध्यनरत विद्यार्थीहरुले आज आफ्ना शिक्षक ज्युहरुलाई सम्मान गर्दा निकै गर्व महसुस भएको बताए । उनीहरूले आफ्ना शिक्षक ज्युहरुबाट राम्रो शिक्षा पाएको कारणले नै आज हामी राम्रो पदमा काम गरिरहेको बताए । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाधयापक स्वर्गीय जरगर्नाथ तिवारीलाई फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । समाम्म ग्रहण गरिसकेपछि शिक्षक ज्युहरु पनि निकै खुशी व्यक्त गरेका थिए । शिक्षक ज्यूहरुले यस्ता कार्यक्रमहरु निरन्तर रुममा आयोजना गर्न आग्रह गरेका थिए ।साथै वहाहरुले विद्यार्थीहरूको उज्वल भविष्यको कामना समेत गरेका थिए । कार्यक्रमको सञ्चालन सोही ब्याचका विद्यार्थी बिजया ओझैयाले गरेकी थिइन ।

