Aadarsh-Daily

वीरगञ्जबाट बिराटनगर जाँदै गरेको बसको ठक्करबाट निजगढमा १ जनाको मृत्यु

ad-4p

 वीरगञ्ज, २१ फागुन ।  बारामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ बुद्ध चोकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय मजिद मियाँको मृत्यु भएको हो ।

content ad p2
content left

वीरगञ्जबाट बिराटनगरतर्फ जाादै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा मियाँ गम्भिर घाइते भएका थिए । तत्काल निजगढस्थित सि.टी. अस्पतालमा उपचारका लागि लगिएको थियो ।

सामान्य प्राथमिक उपचारपछि वीरगञ्ज हेल्थ केयरमा ल्याइएको रिफर गरिएको थियो । वीरगञ्ज हेल्थ केयरमा आउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।

बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बस चालक सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ८ निवासी ४२ वर्षीइ ललन कुमार दास र बसलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रण्मा लिएको छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily